दफा २६
केन्द्रीय बजार अनुगमन समितिको काम, कर्तव्य र अधिकार
केन्द्रीय बजार अनुगमन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) बजारमा देखिएका वस्तु वा सेवाको अभावको पहिचान गरी सर्वसुलभ बनाउन आवश्यक्र पहल गर्ने,
(ख) बजारमा वस्तु वा सेवाको आपूर्ति व्यवस्था, मूल्य, तौल, गुणस्तर, शुद्धता आदिका सम्बन्धमा अनुगमन तथा सुपरीवेक्षण गर्ने,
(ग) बजार अनुगमनको कार्य सञ्चालन कार्यविधि, अनुगमन टोली र उपभोक्ता संघ संस्थाको आचारसंहिता सिफारिस गर्ने,
(घ) बजार अनुगमन टोली तथा स्थानीय अनुगमन समितिको काम कारबाहीमा समन्वय कायम गर्ने,
(ङ) बजार अनुगमनलाई प्रभावकारी बनाउन उपभोक्ताको हक, हित संरक्षण गर्ने र कानून कार्यान्वयन गर्ने निकायलाई आवश्यक निर्देशन दिने,
(च) उपभोक्ता सूचना केन्द्रको स्थापना गर्ने,
(छ) आबश्यकता अनुसार समिति वा उपसमिति गठन गर्ने,
(ज) तोकिए बमोजिमको अन्य काम गर्ने।